वीरगञ्ज, जिल्ला प्रहरीे कार्यालय पर्साले लागु औषध सहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।प्रहरीले लागुऔषधसहित चितवनको खैरनी नगरपालिका–२ पर्सा टोल बस्ने २० बर्षिय सुनिल बिक रहेका छन ।वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले बिरगंजबाट हेटौडातर्फ जाँदै बसबाट बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ परेका उनको साथबाट लागु औषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।पक्राउ परेका बिकलाई लागुऔषध समबन्धि कसुरामा अदालतबाट पाँच दिनको म्याद थप गराई कारवाही अघि बढाइएको गिरीले बताउनुभयो ।

Leave a Reply