कृपा संवाददाता
काठमान्डौं , भदौ २५ । जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा र अन्य सुरक्षा सामग्री तुरुन्तै नजिकैको सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा त्यस्ता हतियार वा गोलीगठ्ठा व्यक्तिको हातमा रहिरहे दुरुपयोग हुने सम्भावना रहेको उल्लेख छ। यसले जनधनमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै सेनाले नागरिकलाई सचेत गराएको हो।
सेनाले फेला परेका सामग्री सुरक्षाकर्मीलाई जानकारी दिनुका साथै बुझाउन प्रेरित गर्न आग्रह गरेको छ। साथै, सुरक्षाकर्मीको पोशाक वा अन्य चिन्हको अनधिकृत प्रयोग नगर्न पनि चेतावनी दिएको छ।


















