कलैया,आफूलाई पत्रकार बताउदै व्यापारीहरुसंग दशै खर्च भन्दै रकम असुल्दै हिडने एक जना नक्कली पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १० अशोकवाटिका बस्ने वर्ष २६ को रविकुमार वर्णवाललाई पक्राउ गरेको हो ।वर्णवालले दर्ता नै नभएको अनलाई न्युज पोट्रल र सामाजिक सञ्जाल प्रयोग गरेर सर्वसाधारण र प्रहरीसमेत चरित्रहत्या गरेको र व्यापारीहरुसंग दशैं खर्चभन्दै रकम असुलेको पाइएको पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानले जानकारी दिनुभयो ।प्रहरीको बारेमा कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशन गरेको र दशै खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवालमाथि आवश्यक कानुनी कारबाहीअगाडि बढाइएको प्रहरी प्रवक्ता न्यौपानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here