कलैया,मनसुन सक्रिय भएसंगै बारासहित मधेस प्रदेशका जिल्लाहरुमा धान रोपाइँ शुरु भएको छ ।
पछिलो ३ दिनयता निरन्तर वर्षा हुन थालेपछि बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सप्तरीलगायतका जिल्लाका किसानले खेतमा धान रोपाइँ थालेका छन ।यो वर्षको शुरुमा असारमा ढिलो वर्षा हुने आशङ्का गरिए पनि अहिलेको नियमित वर्षाले खेतीयोग्य जमिनमा सिँचाइको लागि पानी पर्याप्त भएपछि मधेसमा रोपाइँ पनि शुरु भएको हो ।

बाराको कोल्हबी नगरपालिकाका किसान जियालाल चौधरीले वर्षले सिँचाइ अभाव भएको जमिनमा पनि रोपाइँ गर्न सहज भएकोले गाउँका किसानहरु धान रोप्न व्यस्त हुन थालेको बताउनुभयो । “वर्ष पर्याप्त भइरहेको छ, चौधरीले भन्नुभयो, अब सिँचाइ नपुगको जमिनमा पनि किसानहरु रोपाइँ गर्ने तयारीमा लागेका छन ।’ उहाँले किसानहरुले खेत खेत हिल्याउने र खेतको गहको आली लगाउने काम तीव्र पारेको पनि बताउनुभयो । सिँचाइ नपुगेको जमिनमा वर्षा नहुँदा किसानहरु आकाशे पानीकै भरमा रोपाइँ गर्न बाध्य हुदै आएका छन ।

मौसम यस्तै अनुकूल रहिरहेमा असारको तेस्रो सातासम्म गाउँको अधिकांश क्षेत्रमा रोपाइँ सकिने किसानहरूले बताएका छन । समयमा रोपाइँ गर्न पाइए यस वर्ष धान उत्पादन पनि वृद्धि हुने किसानहरुको अपेक्षा छ ।

Leave a Reply