निजगढ, २५ असोज– निजगढ युवा संजालले देशका विभिन्न स्थानमा बढदै गएका महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार निजगढ बजारमा प्रदर्शन गरेको छ ।

संजालले बलात्कृत नारीहरुको न्यायको निम्ति निजगढस्थित पुर्वपश्चिम लोकमार्गमा दवावमुलक शान्तिपुर्ण र्याली र प्रर्दशन गरेको हो ।

निजगढ बजारस्थित शहीद चोकबाट शुरु भएको प्रर्दशन लोकमार्ग हुदै बुद्ध चोक पुगेर पुनः शहीद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा मेची– महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष सावित्री तिमल्सिना, सदस्य उषा लामा र निजगढ वडा नम्बर ७ स्थित चौतारा युवा क्लवकी सुमित्रा लामालगायतले महिला हिंसा र बलात्कारका घटनाविरुद्ध बोल्नु भएको थियो ।

वक्ताहरुले बलात्कारी विरुद्ध कडाभन्दा कडा कारवाही हुनुपर्ने बताएका थिए । युवा संजालका संयोजक श्याम साहले संचालन गरेको कोण सभाको समापन संजालका सचिव सरोज तिमल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply