सिमरा,बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर शनिबार बिहान दुई जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानीटयाङ्की नजिक माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदाँ दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिम्रौनगढ वडा नम्बर ६ सानो इटवालकी ७० वर्षीय शारदादेवी महतो, १५ वर्षीय सुनिल महतो रहेका छन् । उनीहरुको उद्वार गरेर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

घटनामा ६ जना घाइते छन् । घाइते हुनेमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिलाकुमारी महतो १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।घाइतेको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।छठ पर्वमा घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो ।

Leave a Reply