सिमरा,नेपालीहरूको महान् पर्व बडादसैँ आइतवार घटस्थापनाबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादसैँ मनाइन्छ ।सिमराका विभिन्न मन्दिरमा श्रद्धालुहरू दर्शनको लागि भिड थियो ।उता, वीरगञ्जमा पनि बडादसैँको पहिलो दिन गहवामाई मन्दिर लगायत बिर्ता मन्दिर, विन्दवासिनी भगवती मन्दिरमा पूजा गर्न श्रद्धालुहरूको घुइँचो लागेको थियो ।घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैको जमरा राखिएको छ । यही अवसरमा काठमाडौंको वसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आइतवार बिहान ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखिएको हो ।नवरात्रको पहिलो दिन आइतवार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजा आराधना गरेर मनाइँदै छ ।शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो । दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो ।त्यसैगरी दुर्गा पूजा महोत्सवको अवसरमा आइतवार नवरात्रीको पहिलो दिन बाराको सिम्रौनगढका विभिन्न दुर्गा पण्डालबाट जल शोभा यात्रा निकालिएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ दुर्गा पण्डाल, सिम्रौनगढ वडा नम्बर ७ कन्काली दिर्गा पण्डाल, वडा नम्ब्र २ अमृतगन्ज दुर्गा पण्डाल, वडा नम्बर ३ नैकाटोला दुर्गा पण्डालबाट कुमारी कन्या, महिला पुरुष भक्तजनहरुले सिम्रौनगढस्थित कन्काली ईसरा पोखरीको जल बोकेर नजिकको पण्डालहरुमा बिधिवत पूजा गरि घटस्थापन गरेका हुन ।त्यसैगरी सखुवाप्रसौनीबाट आर.के.चौधरीले पठाएको समाचार अनुसार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा घटस्थापनाको जल यात्रा सम्पन्न भएको छ ।गाउँपालिकाको वडा नम्बर २ स्तिथ श्री नव दुर्गा पूजा समिति औराहा पन्चगावा बजारले घटस्थापनाको दिन श्री पन्चरत्न माहादेवको प्राङ्गणमा नव रात्रिको लागि जल यात्रा गरेको हो ।जल यात्रमा पाँच वटा नजिकको गाउँ टोलका अविवाहित कन्याहरुले कलश लिई पटेर्वासुगौली गाउँपालिकाको पर्यटकीय स्थल भौरीमाईबाट जल भरी नव रात्रीको लागि नव दिनसम्म पूजा गर्ने चलन रहेको श्री नव दुर्गा समिति औराहा पन्चगावा बजार वडा नम्ब्र २ का समितिका अध्यक्ष शम्भु राउत थारुले जानकारी दिनुभयो । त्यस्तै गरी वडा नम्बर २ अन्तर्गत पर्ने श्रीपुर टोलले पनि बिहान ८ बजे श्रीपुरवासीहरुले पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ को भुमिरीमाईमा गएर कलशमा जल भरेर ल्याएका छ्न् ।
त्यसैगरी पोखरियाबाट राजन कुमार बानियाले पठाएको समाचारमा विजया दशमीको अवसरमा आइतवार पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा घटस्थापनाको दिन विशाल कलश यात्रा निकालिएको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडी चौकमा रहेको नव दुर्गा पुजाको प्राङ्गणबाट करिब १ हजारको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्रा लंगडी, बखरी गाउँ परिक्रमा गदै सिकटा नदीको छठिया घाटमा जलभरेर दुर्गा पूजा राखिएको स्थानमा स्थापित गरिने कार्यक्रम रहेको दुर्गा पुजा समितिका अध्यक्ष रामाशंकर साह कलवारले जानकारी दिनुभयो ।हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको उपलक्ष्यमा पर्साका विभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।यो पर्वमा प्रतिमाको रुपमा काली, दुर्गालगायत सात सहेली र एक भाइ गणेश मानेर पूजा गर्ने परम्परा रहेको छ ।पूजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलतोरी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म नाचगान तथा मेला लाग्ने अध्यक्ष कलवारले जानकारी दिनुभयो ।कलश यात्रामा नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी, जसपाका युवा नेता दिभाकर पटेल, पत्रकार लालबाबु बानिया, वडाअध्यक्ष अबास मियाँ, सदस्य मदन सहनी, कमल ठाकुर, शिक्षक राजनारायण पटेल, दुर्गा पूजा समितिका बिरेन्द्र कलवार, कमरुल मियाँ, लालबाबु पटेल, बिनय साह कानुलगायतको सहभागिता थियो ।जल यात्रामा सहभागीहरुलाई विभिन्न ठाउँमा जुस, सरबत, पानी लगायतको व्यवस्थापन बिनय साह, लंगडीमा रोशन पटेल र प्रमोदप्रसाद कुर्मीलगायतले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here