सिमरा,सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मुना खरेल चयन हुनुभएको छ ।संस्थाको शनिवार सिमरामा सम्पन्न १६औं वार्षिक साधारणसभाले खरेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा भिमादेवी शर्मा, सचिवमा गीता शर्मा, सहसचिवमा निलम चौधरी, कोषाध्यक्षमा सनम पौडेल चयन भएका छन् । यसैगरी सदस्यमा शान्ताकुमारी गौतम, सुस्मिता ढकाल, सावित्री विक, किरण कुमारी, ईश्वरी ढकाल, भगवतीया चौधरीलाई चयन गरिएको छ ।यसैगरी संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा उर्मिला सापकोटा चयन भएकी छिन् भने सदस्यमा सरिता पौडेल र सुमित्रा तिमिल्सिनालाई चयन गरिएको छ । साधारणसभाको बन्दले सत्रले सर्वसम्मत् नेतृत्व चयन गरेको हो ।यसअघि संस्थाको साधारणसभाको उद्घाटन मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगरले गर्नुभएको थियो । साधारणसभा उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख सुदन चोधरी, जिल्ला सहकारी संघका प्रतिनिधि मुकुन्दबहादुर क्षेत्री, हातमालो बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष सञ्जयकुमार साह, औराहा पशुपालन सहकारीका रमेश खरेल, औराहा उपभोक्ता सहकारीका पूर्णचन्द्र तिमिल्सिना, घण्टीमाई सहकारीका सञ्चालक तोयनाथ लुइटेल, संगालो सहकारीका रत्नप्रसाद उप्रेती, जनकल्याण वचत तथा ऋण सहकारीका प्रतिनिधि कृष्ण रिमाललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here