वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिकामा मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल सवार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पती घाइते भएका छन ।मधेस प्रदेसका खेलकुदमन्त्री जयसवाल सवार प्र २–०२–००१– झ ०१८२ नम्बरको सरकारी गाडीले ना ६४ प ८४८१ नम्बरको मोटरसाईकललाई पर्सागी वडा नम्बर ३ लच्का खोला नजिक मोडमा ठक्कर दिँदा मोटरसाईकल चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जसौली निवासी वर्ष २५ का दिपक दास तत्मा र उहाँकी श्रीमती घाइते भएका हुन ।

पर्सागढीको महुवनबाट बडनिहार हुँदै जीतपुरमा आयोजित कार्यक्रममा सहभागी हुन जादै गरेका मन्त्री जयसवालको गाडीले वीरगञ्जबाट पर्सागढीको हरपुर ससुराली हिडेका दम्पति सवार मोटरसाइकललाई शनिवार दिउसो ठक्कर दिएको हो ।घाइते दुबैजनाको बडनिहारस्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ । दुबै पक्षलाई बडनिहार प्रहरी चौकीमा छलफल गराइ घाइतेको उपचार र मोटरसाइकलको मर्मत गर्ने सर्तमा छाडिएको बडनिहार प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक संजय रामले जानकारी दिनुयभो ।


















