जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबीस्थित अनुपदिपनी माध्यमिक विद्यालयको पुरानो भवनको स्वरुप अनुसार निर्माण गर्ने गरी नयाँ भवनको आइतवार एक कार्यक्रमबीचशिलान्यास भएको छ ।बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले धार्मिक विधिअनुसार नयाँ भवनको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहनुभएका सांसद मैनालीले दुई वर्ष अगाडिउक्त विद्यालयको बार्षिक उत्सवको दिन आफूले गरेको बाचा अनुसार करिब एक करोडको बजेट विनियोजन गरेर निर्माण कार्य शुरु गरिएको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा बारा र रौतहटको सिमानामा रहेको अडुवा नदीदेखि प्रसौना बजारसम्मको सडक संघीय सरकार र प्रदेश सरकारको बजेटमार्फत कालोपत्रे गरिने पनि बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष त्रियोगीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिल्यान्यास कार्यक्रमका विशिष्ठ अतिथिको रुपमा कोल्हबी नगरपालिकाका पूर्वनगर प्रमुख भरतबहादुर भण्डारी, कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णुप्रसाद मैनाली रहनुभएको थियो ।
त्यसैगरी अन्य अतिथिहरुमा कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा सदस्य शिवचन्द्र चौधरी, समाजसेवी पृथ्वीराज शिवाकोटी, अजय साह, महेश साह, गणेशराज शिवाकोटी, कृष्ण ढकाल, हरिचन्द्र पनुहर, पारशनाथ चौधरी, मकेश्वर चौधरी, हितलाल चौधरी, सशस्त्र प्रहरी वेश क्याम्प कोल्हबीका प्रमुख सुरेश घलान, पत्रकारहरु जियालाल चौधरी, धिरेन्द्र पनुहर, बुधन चौधरीलगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रमको संचालन विधालयका शिक्षक जीवन पोखरेल गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक नन्देश्वर चौधरीले गर्नुभएको थियो।नयाँ भवन निर्माणको ठेक्का सीता कन्ट्रक्सन बारागढी गाउँपालिकाले २ ले ६६ लाख ४६ हजार ७ सय ५७ रुपैयाँ ९९ पैसामा सकार गरेको हो । ४ कोठेएकतल्ले भवन २०८२ असार १५ गतेभित्र निर्माण गर्ने सम्झौता भएको छ।