खसगरी संघीय सरकार गठन भएको नौ महिना पुगिसक्दासमेत यो सरकारले जनतालाई प्रभावकारी सेवा–सुविधा दिनु त परै जाओस्, महँगी नै महँगीको उपहार दिँदा जनता वाक्कदिक्क बन्न थालेका छन् ।शनिवार बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरिएको छ । व्यापक जनदवाबपछि सरकार मूल्यवृद्धि फिर्ता लिन बाध्य भएको हो ।यसरी जनताको आवाजको तत्काल सम्बोधन गरिनुपर्छ । यद्यपि हतारमा बढाउने र हतारमा फिर्ता गर्ने प्रवृत्ति भने राम्रो होइन । तर पनि सरकारको यो कदमलाई सकारात्मकरुपमा नै लिनुपर्छ । यद्यपि चाडबाड नजिकिँदै गर्दा आम जनताले उपभोग गर्ने दैनिक उपभोग्यका सामानहरुमा भारी मूल्यवृद्धि भइरहेको छ । बजार अनुगमन सशक्त र प्रभावकारी हुन सकेको छैन । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यवृद्धिले कैयौँ सर्वसाधारणको बिहान र बेलुकीको चुल्हो बल्नै मुस्किल हुने अवस्था देखिएको छ ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापन भएपछि आम जनताले ठूलो आशा र भरोसा गरेका थिए । मुलुकमा विकास र समृद्धिको वहार आउने र आफ्ना धेरै समस्याहरु समाधान हुँदै जाने विश्वास आम जनताले गरेका थिए । तर त्यसपछि बनेका सरकारले आम जनताको विश्वासमाथि लगातार कुठारघात गर्दै आइरहेकाले संघीय शासन प्रणालीको संस्थागत विकासमा नै गम्भीर धक्का लाग्दै आइरहेको छ ।विगतका सरकार र सरकारमा रहेकाहरुले गरेका भ्रष्टाचारका कारण मुलुकको विकास र समृद्धि वर्षौंदेखि रोकिँदै आएको छ । वर्तमान सरकारले पनि विगतकै सरकारकै पदचाप पछ्याउँदै भ्रष्टाचारजन्य गतिविधि गरिरहेको गुनासो आम सर्वसाधारणको छ ।