निजगढ,निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा आयोजना गरिन लागिएको खुल्ला फ्याफुल्ला पुरुष फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजना जनाएको छ ।फ्याफुल्ला फुटबल क्लब डम्बरपुरको आयोजनामा असोज १७ गतेदेखि कार्तिक २ गतेसम्म हुने फुटबल प्रतियोगिताको तयारीबारे सोमबार निजगढमा पत्रकार सम्मेलनमार्फत क्लबले जानकारी गराएको हो ।फ्याफुल्ला फुटबल क्लबको खेल मैदान डम्बरपुरमा संचालन हुने प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, मेट्ल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगद ट्रफी, मेटल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका प्रतियोगिता संयोजक कमान सिं थिङ्गले जानकारी दिनुभयो । निजगढ नगरपालिकालगायत बारा र छिमेकी जिल्लाका विभिन्न पालिकाका २२ वटा क्लबहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संयोजक थिङ्गले बताउनुभयो । पालिका स्तरबाट खेलाडीहरुलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका सचिव तथा श्री भगवती आधारभूत विद्यालयका शिक्षक सचिव जीवन लामाले बताउनुभयो ।पर्यटकीय क्षेत्रको रुपमा परिचित डम्बरपुरको शिवशक्तिश्वर मन्दिर गुफा र झर्नाको प्रबद्र्धनको उद्देश्यले पनि प्रतियोगिता आयोजना गरिएको लामाले बताउनुभयो ।प्रतियोगितामा (एनएफसी) निजगढ–९, (रोयल वनस्थली) सिङ्गौल, सनराईज युनाइटेड बागदेव निजगढ–४, (सिवाईसी) चिसापानी, टीवाईसी बुङ्गजोर, यसवाईसी रामथली, एफसी कोलगाँउ निजगढ– १२, पानीट्यङ्कीटोल रतनपुर, नयाँवस्ती युवा क्लब जीतपुरसिमरा– २२, वाइटीसी निजगढ– ६, न्यु जनाजगृती निजगढ– ५, योङ्ग बोयज रौतहट, रतनपुर युनाईटेड निजगढ– ११, चकरी युथ क्लब जीतपुरसिमरा–२२, योङ्ग स्टार निजगढ– १० लाल, सबुज गण आधाभार, सिद्धिबाबा आमलेखगंज, ओझेल युथ क्लब टाँगियावस्ती जीतपुरसिमरा– १६, केवाईसी मानेचोक भक्तलाल र आयोजक फ्याफुल्ला फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन ।प्रतियोगिताको उद्धाटन खेल असोज १७ गते बुधवार रोयल वनस्थली सिङ्गौल र योङ्ग स्टार लालबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here