निजगढ,काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– ५ टुसालमा निजगढका एक जना युवकको कुटपिट गरी हत्या गरेको आरोपमा निजगढकै २ सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।निजगढ नगरपालिका– ८ का जितबहादुर तामाङको ३२ वर्षीय छोरा कृष्ण लामाको कुटपिटबाट मृत्यु भएपछि घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार कृष्ण लामा आफ्ना साथी विकास लामा लोको बहिनीको जन्मदिन मनाउन असार ६ गते राति टुसालस्थित लामा लोको कोठामा गएका थिए । सोही समयमा उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका लामाको त्यहीँ मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटनापछि फरार रहेका चार जना अभियुक्तलाई शनीवार पक्राउ गरेको हो । पक्राउ परेकाहरूमा मकवानपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ टुसाल बस्ने ३२ वर्षीय विकास लामा लो, बारा निजगढ नगरपालिका– ७ का २९ वर्षीय सुगन्ध लामा, सोही वडाका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका– २ का २३ वर्षीय निसान जिम्बा छन् ।‘कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले भन्नुभयो, ‘अभियुक्तहरूलाई पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ ।’घटनाको कारण खुल्न नसकेको भए पनि अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाई छ ।

Leave a Reply