सत्तास्वार्थका लागि शासकहरुले जनतालाई बिर्सन्छन् भन्ने उदाहरणहरु बिश्वका कैयौं देशमा देख्ने गरिन्छ र नेपाली जनताले समेत भोगदै आइरहेका मात्रै छैनन् यस्ता शासकहरुबाट आजित पनि छन् । तैपनि यीनै शासकहरुको नौंटकी हेरेर बस्न बाध्य छन् जनता । देश र जनताले जस्तोसुकै समस्या झेले पनि शासक मुर्ख भएपछि उसलाई खास फरक पर्दैन । आज सोमबार प्रतिनिधि सभामा अर्को राजनीतिक रिहर्सन हुदैछ जुन अम नागरिकहरुको सरोकारको विषय होइन ।
आज अस्पतालको शैयाका अक्सीजनबिना छटपटाइ रहेका नागरिकहरुका लागि सत्ता र भक्ताको कुनै अर्थ र मतलभ छैन । हो, राजनीतिक खेलमा सत्ता र कुर्सीको महत्व होला तर अहिले सत्ता गिराउने वा अरु कोही प्रधानमंत्री बन्ने समय होइन र योसंग नागरिकहरुलाई कुनै सरोकार पनि छैन तर यो नाटको अन्त्य नेपालमा भएको पाइदैन ।
केपी ओली वा अरु कुनै राजनीतिक नेतृत्वप्रति अहिले नागरिकहरुको संतुष्टी छैन । जति ओलीसंग नागरिक असंतुष्ट छन् उत्तिनै अन्य दलका नेताहरुसंग पनि । उनीहरुले आफ्ना नागरिकहरुका लागि कुनै योजना यो महामारीको समयमा ल्याउन सकेनन् । अनि दुःख पर्दा, अप्ठेरो पर्दा साथ नदिने हन्तकारीहरुको रमिता भने नागरिकहरुले किन हेर्नु पर्ने अनि साथ दिनु पर्ने तैपनि बिवस छन् नेपाली जनता सदैव रमिते बन्नेछन् र आज पनि अर्को घृणित राजनीतिक खेलको रमिते बन्ने निश्चित छ । देश महाहारीमा रहदा सत्तामा अल्झिनु बेमौसमी बाजा होइन र ?