आर. के. चौधरी
सखुवाप्रसौनी,पर्साको सब डिभिजन बन कार्यलय रङ्गपुरले सखुवाप्रसौनी गाउँपालिकाबाट काठ तस्करीमा प्रयोग भएको साइकल र सालको गोलाई बरामद गरेको छ । कार्यालयले सखुवाप्रसौनीको वडा नम्बर २ जमुनिया टाडी टोलको बगैँचमा जंगलबाट काठ तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा शनिवार सात साइकल र सात थान सालको गोलाई बरामद गरेको हो ।कार्यलयका जमदार अर्जुन चौधरी थारुको कमान्डमा खटी गएको टोलीले अन्दाजी ४५ क्यु फिट परिमाणको सात थान सालको गोलाई ७ वटा साइकल सहित बरामद गरेको हो ।कार्यालयको टोली देख्ने बित्तिकै तस्करहरु भने भागेकाले साइकल र सालको काठ मात्र बरामद भएको बताइएको छ । बरामद गरिएको साइकल र काठ वन कार्यलयमा राखिएको छ ।

Leave a Reply