वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले परवानीपुरमा राँगाको प्रतीमा राखेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
सामाजिक सञ्जालदेखि लिएर विभिन्न राजनीतिक दलका नेता सामाजिक कार्यकर्ताले पहिले हनुमान मन्दिर रहेको स्थानमा राँगाको प्रतीमा राखिएको भन्दै विरोध जनाएका हुन । उक्त स्थानमा राँगाको नभएर हनुमानजीको मूर्ति वा अन्य प्रतीमा राख्नुपर्ने स्थानीयवासीको भनाई छ ।वीरगञ्ज महानगरपालिकाले मुख्य चोकमै मुर्रा राँगाको प्रतीमा राखेपछि त्यसको विरोध शुरु भएको हो ।त्रिभुवन राजपथको वीरगञ्ज– पथलैया सडकखण्डअन्तर्गत पर्ने परवानीपुर चोकमा राँगाको प्रतीमा राखिएको भन्दै राजनितिक दलहरुले बिरोध गरिरहेका छन् । उक्त स्थानमा धेरै पहिलेदेखि हनुमान मन्दिर रहेको तर राजमार्ग विस्तारको क्रममा त्यहाँबाट मन्दिर अन्यत्र सारिएपछि अहिले त्यहाँ राँगाको प्रतीमा राख्नु गलत भएको स्थानीयवासीको भनाई छ ।

Leave a Reply