काठमाडौं र वीरगन्ज दुबै महानगर हुन् तर भुगोल र मानव बस्तीका हिसावले काठमााडौं र वीरगन्जमा भने आकाश जमिनको फरक छ । काठटमाडौं समुन्द्र हो भने वीरगन्ज एउटा नदी हो । त्यसैले पनि जे काठमाडौंमा हुन्छ त्यो वीरगन्जमा संभव छैन तर काठमाडौं भन्दैमा त्यहाँका जनप्रतिनिधिले शासकको शैलीमा अपनाउने व्यवहार भने आपत्तिजनक नै हुन्छ । जनताका प्रतिनिधि जहाँका भएपनि नागरिकहरुको चुल्हो बाल्नका लागि सहयोगी हुनुपर्छ न कि उनीहरुको चुल्हो निभाउन ।
काठमाडौंमा हालै निर्वाचित मेयर बालेन्द्र साहले सडक पेटीमा दुःखसुख गरेर जिविका चलाइ रहेका नागरिकहरुमाथि बर्बरता अपनाएको कुरा बाहिर आएको छ । यो वास्तवमा मानवता विरोधी कदम नै हो । हो, महानगरपालिकाले सडक पेटीमा व्यापार गर्नेहरुलाई कुनै निश्चित स्थानमा व्यापार गर्नका लागि भनेको भए जथाभाबी सडक कब्जा गरिनु हुन्न विकल्प बिना सडक छेऊका पसलहरु हटाइनु मानवता बिरोधी कदम नै हो ।
त्यसैले यो बिषयमा काठमाडौं महानगरपालिकाका मेयरले बेलैमा सोच्न जरुरी छ । चाहे स्वतन्त्र होस् चाहे जुनसुकै पार्टीमा जितेको जनप्रतिनिधि किन नहोस् उनीहरुले जनताको चाहना अनुसार काम गर्ने हो जवरजस्ति शासक बन्ने होइन । जनताको भोको पेटमा लात हान्ने कार्य खेदजनक छ ।