जियालाल चौधरी,

कोल्हबी,बाराको कोल्हवी नगरपालिकाबाट गढिमाई नेचुरल रिसोर्स कम्पनीबाट उत्पादित शुद्ध अमृत जल अशुद्ध भएको आंशकामा जफत गरिएको छ । ईलाका प्रहरी कार्यालय कोल्हबीको टोली प्रहरीको बजारमा बिक्रीको लागि लैजादै गरेको अवस्थामा उक्त कम्पनीको ३७ थान जार र ३९ कार्टुन बोत्तल पानी पानी जफत गरेको हो ।बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ मा अवस्थित गढीमाई नेचुरल रिसोर्स कम्पनीबाट उत्पादित शुद्ध अमृत जल अशुद्ध पानी भएको उजुरीका आधारमा कोल्हबी नगरपालिका वडा नम्बर ११ थस्कौलबाट जफत गरिएको हो । असोज १० गते जफत गरिएको दुषित पानी आइतवार जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका बिक्की राउत, जिल्ला प्रशासन कार्यलय बाराका नायब सुब्बा रत्न स्याङ्सतान र स्थानीय पत्रकारहरुको रोहबरमा थप परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुर पठाइएको छ ।टोलीले अनुगमनका क्रममा पानीमा लेवल नभएको, उपभोग्य मितिमा कुनै स्पष्टता नभएको फेला पारेपछि परीक्षणका लागि जनकपुर पठाएको हो ।बजारमा उक्त व्याचको पानी बिक्री वितरणमा पुर्ण प्रतिबन्ध गरिएको र पानीको परीक्षण पश्चात् थप कारबाही प्रकृयाअघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply