निजगढ,निजगढमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली र त्रिलोकी चौधरीको चुनावी घरदैलो कार्यक्रम जारी रहेको छ । एमाले उम्मेदवार मैनाली र चौधरीले आइतवार निजगढ नगरपालिका वडा नम्बर ४ र ८ मा घरदैलो गरेका हुन ।
निजगढ ३ दिनअघि सुरु भएको घरदैलो अन्तर्गत आइतवार वडा नम्बर ४ र ८ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको एमाले चुनाव प्रचार समितिका सुदर्शन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार एमाले उम्मेदवारले भोलिबाट निजगढ १० को लालबाट घरदैलो गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच प्रदेश सभा क का स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले पनि हिजो निजगढ नगरपालिकाका विभिन्न गाउँहरुमा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । श्रेष्ठको टोलीले निजगढ नगरपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ नम्बरमा घरदैलो गरेको हो । जागरण अभियान नामबाट स्वतन्त्र उम्मेदवार श्रेष्ठको टोलीले कोल्हबी नगरपालिका र बारागढी गाउँपालिकामा घरदैलो पुरा गरेर निजगगढ नगरपालिकामा फेरि घरदैलो सुरु गरेको स्वतन्त्र उम्मेदवार श्रेष्ठका प्रचार संयोजक गोपाल लम्सालले जानकारी दिनुभयो ।