पुष्पराज खतिवडा

मनहर्वा,निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) बाराको पाँचौं जिल्ला अधिवेशनले हरीदेव खरेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । खरेल दोस्रो कार्यकालको लागि प्याब्सन अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित बारा एकेडेमी बोर्डिङको सभाहलमा शनिबार भएको जिल्ला अधिवेशनमा प्रदेश नम्बर २ का प्रदेश सदस्य राजमहमद राय, मनोजकुमार यादव, डुमरवाना कलेज प्रमुख राधेश्याम शिवाकोटीलगायत विभिन्न संघ÷संघठनका प्रतिनिधि र प्याब्सन सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्याब्सनका केन्द्रीय सदस्य शंकरप्रसाद साहको उपस्थितिमा भएको सो कार्यक्रमका वक्ताहरुले देशमा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न निजी क्षेत्रले महत्वपुर्ण योगदान पुर्याएको बारेमा चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here