कलैया,नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ ।बारा– ३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको हो ।क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोपमा जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।

‘बारा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा पराजित गराउनका लागि आफ्ना नातेदार र नजिकका नेता कार्यकर्तालाई परिचालन गरी जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादवले हराउने कार्य गरेको, गराउन लगाएको व्यवहोरा अवगत गराउन चाहन्छु,’ क्षेत्रीय कार्यसमितिले पठाएको पत्रमा भनिएको छ ।क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफरिस गरिएकाहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरिनुपर्ने माग गरिएको छ ।

कारबाहीको सिफारिसमा परेकाहरूमा जिल्ला सभापति यादवसहित प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) सभापति हरिप्रवेश यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख) उपसभापति श्रीनिवास यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) उपसचिव केदार साह, उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा. अम्बिका यादव, महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २ बजरंगी साह र भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६, रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २, बारा रहेका छन ।त्यसैगरी जिल्ला सदस्य, रबिन्द्र यादव (उर्फ रोवान), रविकरण साह कलवार, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ का सहसचिव नाजिर अन्सारी, तरुण दल बाराका कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेल, मधेश प्रदेश कार्यसमिति सदस्य मो. अतिउर रहमान (पप्पु), प्रदेश महाधिवेशन प्रतिनिधि क्षेत्र नं. ३ (२) ख अवधेश यादव, क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.) हरि यादव (हरिन्द्रप्रसाद राउत) रहेका छन ।

Leave a Reply