आर.के. चौधरी
सखुवाप्रर्सौैनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पहिलो पटक शनिवार उराँव जातीको महान पर्व कर्माधर्मा महोत्सव मनाइएको छ ।गाउँपालिकाको वडा नम्बर १ स्थित सिद्धपुरको खेल मैदानमा पूजा र सांस्कृतिक कार्यक्रमसहित उराँव जातिको महान पर्व कर्माधर्मा महोत्सव मनाइएको हो । कर्माधर्मा महोत्सवमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यस्वन्त यादव प्रमुख अतिथिमाको रुपमा उपस्थित हुनुभएको थियो ।कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १ का अध्यक्ष बासुदेव महतो थारु, नेपाल झगड (उराँव) केन्द्रिय समिति अध्यक्ष दिपेन्द्र उराँव, पारस चौधरी, ज्ञान्द्र चौधरी, भागवत चौधरीको उपस्थिति थियो ।महोत्सवमा जंगलबाट ल्याइएको कर्मा रुखको टुप्पाको पाँच वटा हाङ्गा, तीन वटा र दुई वटा कापा भएको एउटा÷एउटा हाङ्गा राखेर पूजा पाठ गरिन्छ ।पूर्ववडा अध्यक्ष लालदेव उराँवको सभापतिमा दुई दिनदेखि मनाईदै आएको महोत्सवमा शनिवार विभिन्न जिल्लाबाट आएका उराँव जातीका युवा युवतीहरुले पूजापाठ एवम् सांस्कृति कार्यक्रम प्रदर्शन गरेका थिए ।गाउँपालिका अध्यक्ष यादवले उराँव समुदाय नै नेपालको असली जनजाति रहेको र यो समुदायको रिति, सस्कृति लोप हुन्दै गइरहेको हुनाले आफ्नो सस्कृति जोगाई राख्न यस्तो कार्यक्रमले मद्दत पुग्ने र यसको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।कार्यक्रमका उराँव समुदायका केन्द्रिय अध्यक्ष दिपेन्द्र उराँवले मधेस प्रदेशको बारा पर्सा, सर्लाही र धनुषाका उराँव समुदाय एक ठाउँमा भेला भई आफ्नो पहिचानको सस्कृति झल्किने कार्यक्रममा उपस्तिथित हुन पाउदा आफूलाई गर्व महसुस भएको बताउनुभयो ।उहाँका अनुसार उराँव समुदायको लोप हुनै लागेको कर्माधर्मा पूजामा विशेष गरि सात दिनअगाडि मकै, जौव, तिललगायतको जमरा राखी पूर्णिमाको दिन कुमार र कुमारीहरुले कर्माको रुखमा पूजा गरि जमरालाई प्रसादको रुपमा ग्रहण गर्ने गरेकाछन ।