अनिल तिवारी
सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा आजदेखि अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगिता शुरु भएको छ । अमलेखगञ्ज फुटबल क्लबको आयोजनामा बिहिबारदेखि वडा नम्बर २१ को सुनौलो खेल मैदानमा फुटबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य बिश्वकर्माले खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय स्तरमा यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्नेभन्दै यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले प्रतियोता सफल्ताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा जीतपुरसिमा उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थियो ।
नेकपाका नेताहरु मनोज पौडेल, कृष्ण खनाल, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । क्लबका अध्यक्ष बिश्वास साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुभाष श्रेष्ठले गर्नुभएको थियो ।
माघ २३ गतेबाट बिहिबारकाट शुरु भएको प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । प्रतियोगिता ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले १० हजार र उप बिजेताले ५ हजार रुपैया पाउने क्लबका अध्यक्ष बिश्वास साहले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने म्यान अफ द म्याच, हाईस्कोर, बेस्टकप, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट स्टाईकर आदीलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साहले बताउनुभयो ।
प्रतियोगितामा सिद्ध बाबा युवा क्लब, तमु युवा क्लब ए, एन.जि स्टार क्लब, एभरेष्ट युवा क्लब,, अमलेखगञ्ज ११, साहारा युवा क्लब, जंगल वार फेयर शिक्षालय, दक्षिणकालि युवा क्लब, तमुल युवा क्लब बि, आकृती युवा क्लब र सिद्ध बाबा युवा क्लबको सहभागिता रहेको छ ।
आजदेखि शुरु भएको प्रतियोगितामा सिद्धबाबा युवा क्लबले विजयी शुरुवात गरेको छ । सुनौलो खेल मैदानमा खेलमा तमु युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिद्धबाबाले विजयी शुरुवात गरेको हो ।
दोश्रो हाफको २१ मिनेटमा सिद्धबाबाका लागी जर्सि नं १४ का कबि स्याङ्बोले निर्णायक गोल गरेका थिए । शुक्रवार जंगल वार फेयर र साहारा युवा क्लबबिच खेल हुने क्लबका अध्यक्ष बिश्वास साहले जानकारी दिनुभयो ।