दुष्यन्त चौधरी
कलैया,कोल्हबीस्थित अनुपदिपनी माविका विद्यार्थीसंग नियमविपरीत शुल्क असुली गरेको भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि विद्यालयले लिएको रकम फिर्ता दिने बताएको छ ।
विद्यालयका प्रधानाध्यापक रामप्रकाश चौधरीले एक विज्ञप्ति जारी गर्दै बढी लिएको भनिएको रकम फिर्ता गर्ने बताउनुभएको हो । ‘यदि विद्यार्थीले सो रकम फिर्तालिन चाहे फिर्ता दिइने छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक चौधरीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा कुनै गलत मनसायले रकम ननलिएको पनि बताइएको छ । विद्यार्थीहरुले फारम भर्ने क्रममा गर्नुपर्ने सबै काम विद्यालयले नै गरिदिने गरी एक सय रुपैयाबढी लिएको र कुनै अपराध नगरेको पनि बताइएको छ ।प्रधानाध्यापक चौधरीले बढी रकम लिएको घटनामा गल्ति स्वीकार गर्ने हिम्मत भने गरेका छैनन । प्रअ चौधरीले जारी गरेको विज्ञप्तिमा ‘रकम बढी लिएर कुनै गल्ति नगरेको र यदि फिर्ता लिन चाहेमा रकम फिर्ता गर्ने’ आफ्नो गल्ति ढाकछोप गर्न र पन्छिन खोजेको पनि देखिएको छ ।
सिईई परीक्षामा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीसंग ५ सय रुपैया शुल्क लिन परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गरेको निर्देशन विपरीतविद्यालयले प्रतिविद्यार्थी ६ रुपैयाका दरले रकम असुली गरेपछि कृपा दैनिकले सो विषयमा समाचार प्रकाशित गरेको थियो । विद्यालयका अभिभावक विद्यार्थीहरुले पनिकाको निर्देशन विपरीत विद्यालयले बढी रकम असुली गरेको भन्दै गुनासो गर्दै आएका छन ।


















