निजगढ,गौरीशंकर क्याम्पस निजगढले कलेजको गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्युएए) सम्बन्धि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको क्युएए मापदण्ड अनुरुप कलेज संचालन गर्ने पूर्वाधार तयार पार्ने क्रममा स्थानीय सरोकारवालाहरुसंग शुक्रवार सो कार्यक्रमको आयोजना गरिएको हो ।निजगढ नगरपालिका कार्यालयको सभा हलमा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले कलेजलाई विश्वविद्यालयको मापदण्डअन्तर्गत संचालन गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले यसको लागि नगरपालिका कार्यालयले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।कलेज संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, खानेपानी उपभोक्ता समिति निजगढका अध्यक्ष सुदर्शन कोइराला, निजगढ नगरपालिकाकी पूर्वनगर उपप्रमुख लिलादेबी खनाल, सार्वजनिक मावि बागदेवका प्रधानाध्यापक हस्तबहादुर लामा, नेपाली कांग्रेश निजगढ सभापती नवराज तिमल्सिना, नेकपा एमाले निजगढका उपाध्यक्ष भोलाप्रसाद गौतम, माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दङ्गाल, निजगढ २ का पूर्ववडाअध्यक्ष केशव ढोडारी, सार्वजनिक मावि बागदेव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम, कलेजका छात्र किसन खडकालगायतले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिुनभयो ।क्याम्पस प्रमुख रामप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा क्याम्पसका शिक्षक गोविन्द अधिकारी, टिकाराम भट्टराई, सागर दहालले क्युएएको बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply