आरके राजन
सिम्रौनगढ,सनातन धर्म रक्षा मञ्च सिम्रौनगढको ७१औं सत्संग गोष्ठी बिहीवार बाराको सिम्रौनगढमा सम्पन्न भएको छ ।
सिम्रौनगढ नगरपालिका–६ अमरपुरमा धार्मिक र नैतिक प्रवचनसहति गोष्ठी सम्पन्न भएको हो ।

मञ्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको सो गोष्ठीमा आत्मबोध समाज निर्माण, हत्या हिंसारहित समाज निर्माण, नशा र दुव्र्यसनमुक्त समाज निर्माण, भेदभावरहित समाज निर्माण, सत्संग प्रेरित समाज निर्माण,स्वच्छ चरित्रवान र नैतिकवान समाज निर्माणको उद्देश्यले गरिएको हो ।

मञ्चमा सनातन धर्मसंग सम्बन्धित जय श्रीराम, राधेराधे, ओम नमोनारायण, जय गुरुदेव, साहेव बनगी (कबिर), सचितानन्द, ओमशान्तिलगायत १२ वटा पन्थका अनुयायीहरुको सहभागिता रहेको छ ।मञ्चका सचिव बैकुण्ठ प्रसादले सहजीकरण गर्नुभएको सो सत्संग गोष्ठीमा संजय शास्त्री प्रणामी, शिवपुजन साहेब, जगत पण्डित, तुलसी भगत र बकुण्ठप्रसाद जयसवालले प्रवचन दिनुभएको थियो । यो सत्संग गोष्टि प्रत्येक महिनाको अन्तिम बिहीवार फरक फरक स्थानमा हुदैआएको छ ।

Leave a Reply