निजगढ,विवादित प्रेमविवाह र त्यसपछिको सम्बन्धविच्छेदको घटनालाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलमाथि अभद्र र धम्कीपूर्ण व्यवहार भएको भन्दै एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहले घटनाको भत्र्सना गर्दै छानबिनको माग गर्नुभएको छ ।

वडाध्यक्ष खरेलमाथि सोही वडाका स्थायी बासिन्दा तथा हलखोरिया साझेदारी वन समितिका अध्यक्ष रहेका विकल्प भट्टराईले मंगलबारउहाँको निजी निवासमै पुगेर गालीगलौज र धम्कीपूर्ण व्यवहार गरेको आरोप लागेको छ।
घटनाको मूल जड जीतपुरसिमरा–४ मा कार्यरत वडासचिव झलकनाथ भट्टराईद्वारा कानुनी प्रक्रिया नपु¥याई गरिएको विवाह दर्ता र त्यसपछिको सम्बन्धविच्छेद रहेको जनाइएको छ।

प्राप्त जानकारीअनुसार मकवानपुरको मनहरी घर भएकी युवती र कलैया–१६ निवासी युवकबीच भएको प्रेमविवाह कानुन अनुसार कलैया वडा कार्यालयमा दर्ता हुनुपर्नेमा वडासचिव झलकनाथ भट्टराईले आफैं कार्यरत वडामा दर्ता गराएका थिए। कानुनी प्रक्रिया नपु¥याएको उक्त विवाह केही समयमै सम्बन्धविच्छेदमा पुगेर बारा जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा भएको जनाइएको छ। यस प्रकरणमा ३२ लाख रुपैयाँसम्मको लेनदेन भएको आशंका पनि गरिएको छ।हाल बारा जिल्ला प्रशासन कार्यालयले घटनासम्बन्धी अनुसन्धान अगाडि बढाइरहेको बेला झलकनाथ भट्टराईका भाई विकल्प भट्टराईले वडाध्यक्षमाथि आरोप लगाउँदै आक्रोशपूर्ण व्यवहार गरेका हुन्।

पार्टी नगर अध्यक्ष ठकुरीद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिमाथि यस प्रकारको आचरण अस्वीकार्य रहेको उल्लेख गर्दै घटनामा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, कानुनविपरित कार्य गर्ने कर्मचारी र व्यक्तिमाथि पनि कारवाहीको माग गर्दै जनप्रतिनिधिको सुरक्षालाई सुनिश्चित गर्न आग्रह गरिएको छ।

Leave a Reply