वीरगन्ज – महानगरपालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान “ संचालत गरिएको छ ।वीरगन्ज महानगरपालिका अन्र्तगत रहेका सबै चौकहरुका यसै बर्ष समय अनुसार प्रकाशमा आधारित सेंसरभएको स्वचालित स्वीचिगं सहितका टावर लाइटहरुको निर्माण भइरहेका छन् ।
चालु आर्थिक बर्षमा बिरगंज महानगरभित्र कुल १६हजार बिजुली को पोलमा डिजिटल लाईट लगाइने योजना समेत रहेको छ ।जसको लागि नेपाल बिधुत प्रधिकरण सङ्ग सम्झौता गरि हरेक पोलमा पाचौ तारको बिस्तार गरिने छ र अटोमेटिक स्विचीङ्ग सिस्टम जडान गरिने छ । जस अन्र्तगत उज्यालो हुने बितिकै लाईट आफ हुने र राति हुने बितिकै बति अन हुने,अत्याधुनि प्राविधक व्यस्था गरिएको छ ।
यो योजनाको कुल खर्च २४ करोड रुपैयाको अनुमान गरिएकोे छ । जसमध्येको आधी पैसा वीरगन्ज महानगरपालिका र आधि नेपाल सरकारले दिने भएको छ । अगामि दुई बर्ष भित्र पुरा गरिने लक्ष्य रखिएको नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।
नगर प्रमुख सरावगीले चुनाव घोषण पत्रको माध्यमबाट गरेको बाचा अनुसार उज्यालो बिरगन्जको महत्वकाक्षी योजना समयमै पुरा गर्ने आफ्नो पुरा कोसिस रहने बताउनु भयो । उक्त योजनमा संघीय सरकारद्धारा दिइने लागत रकमको स्वकृति आइसकेकोले उक्त कार्यलाई छिटै अगाडि बढाउने बताउनु भयो ।