दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ मा रहेको गंजभवानीपुरमा महागढीमाई नगरपालिको आर्थिक सहÞोग र बारा कपडा तथा सिलाइ व्यवसायी संघ बाराको आयोजनामा बिपन्न महिलाहरुको लागी २ महिने सिलाइकटाइ तालिम मंगलवार सम्पन्न भएको छ ।
संघका अध्यक्ष जहिर मियाँ अंसारीको अध्यक्षतामा र महागढीमांई नगरपालिकाका कार्यपालिका सदस्य मनोज साह कलवारको प्रमुख अतिथ्यतामा भएको सो तालिममा २२ जना महिलाहरु सहभागी थिए ।तालिममा सहभगी महिलाहरुलाई गुल्टेन अंसारीले प्रशिक्षण दिनुभएको थियो । सो तालिममा महागढीमाई नगरपालिका वडा वडा नम्बर ३ का वडा सदस्य तेजलाल प्रसाद यादव, बारा कपडा तथा सिलाइ व्यवासायी संघका सचिव सकिल अंसारी संञ्चारकर्मी राजन चौधरी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन संञ्चारकर्मी दिपेन्द्र जयसवालले गर्नुभएको थियो ।


















