कलैया,बाराको बलिरामपुर नाकामा कपडा तस्करहरुले शनिवार सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । कपडाको तस्करी रोक्न खोज्दा तस्करहरु सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।सशस्त्र प्रहरी सहायक निरीक्षक बिश्वम्भर पासवानमाथि आक्रमण गरेर तस्करहरुले अवैध रुपमा भारतबाट कपडा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करहरुको आक्रमणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक पासवान टाउकोमा चोट समेत लागेको छ ।सशस्त्र प्रहरीका अनुसार उनीहरुले बिहान करिब ३÷४ बजेको समयमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।तस्करहरुले अवैध रुपमा भारतबाट ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथि तस्कहरु जाइलागेका हुन ।सशस्त्र प्रहरीले करिब ९० हजार मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । सोही कपडा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here