नरेश गुप्ता , असोज १२ । महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा महागढीमाईमा दुई दिने सहिष्णुता तथा लैङ्िगक हिंसा निवारण समबन्धि तालिम शुरु भएको छ । महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले स्थानीय तहमा कर्मचारी तथा जनप्रतिनिधिलाइ सहिष्णुता तथा लैङ्िगक हिंसा निवारण बिष्यक अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै हिंसा सहेर बस्नु नै हिंसाको वृद्धि गर्नु हो ,बताईन । पुरुषतत्वले जहिलेपनि महिला माथि आफ्नो पुरुषार्थ देखाउनु बहादुरी नभएको बताईन । महागढीमाई नपा २ स्थित सभा हलमा आयोजित कार्यक्रमलाई महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुल्चोक ललितपुरको निर्देशक मिरा शेरचन ,शकुन्ताला आचार्यले लैङ्िगक हिंसा निवारणको बिसयमा सहजीकरण गर्नु भएको थियो । आयोजित कार्यक्रममा २५ जना कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत उमेश राज रिमाल ,स्वास्थ्य शाखा अधिकृत बिजय कुशवाहा , सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरको सशस्त्र प्रहरी निरीक्षक ओम ढकाल संचारक्रमि लगायतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here