मनहर्वा,बाल्टीनको पानिमा डुबेर कलैयामा सोमबार एक नाबालिकाको ज्यान गएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरका मौनोदिन मियाँकी २ बर्षिया छोरी आयस खातुनको बाल्टिनको पानीमा डुबेर बिहान करिब ११ बजेको समयमा ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा राखेको पानीमा डुबेको अवस्थामा आमाले फेला पारी उपचारको लागि कलैया लैजाने क्रममा बालिकाको बाटोमा नै मृत्यु भएको हो । मृतकको शव जिल्ला अस्पताल कलैयामा राखिएको बाराका प्रहरी नायव निरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
यसैबीच एकसाताभित्र बारामा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसरी ज्यान गुमाउनेमा २ जना बालबालिका छन् । एकजना भने बयस्क हुन् । असोज १२ गते अपराहन्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवाना नजिकै बेङाई पैनीको बाँधमा पौडी खेल्ने क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ सिमराका ४३ वर्षका भगवान काजी कार्कीको मृत्यु भएको थियो । असोज १३ गते सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ढाँटटोल बस्ने जितन मुखियाकी अन्दाजी ५ वर्षकी छोरी सुमन कुमारीको पनि पोखरीमा डुबेर मृत्यु भयो । त्यस्तै गएको साउन ३० माछा पोखरीमा डुबेर कलैया उपमहानगरपालिका वडा नम्बर १६ पकडीस्थित माछामा पोखरीमा डुबेर स्थानीय विरेन्द्र रामका ४ बर्षिय छोरा अभिषेक रामको मृत्य भएको थियो ।
डुबेर ज्यान गुमाउने घटना बढ्नुको मुख्य काराण लापरबाही भएकोे नायव उपरीक्षक मिश्रको बुझाइछ । ‘ज्ञान भएर, ध्यान नभएर यस्ता घटना हुने गरेका छन्, उहाँले भन्नुभयो, सुरक्षाको लागि अविभावकहरुमा सचेतना जरुरी छ ।’ बालबालिको निगरानी गर्ने कार्यमा अविभावकले सावधानी र सर्तकता अपनाउने र ठुला मानिसले हेलचेक्रयाई नगर्ने हो भने डुबेर ज्यान जाने घटामा कमी आउने मिश्रले बताउनुभयो ।