निजगढ,नेकपा एमाले पचरौता नगर कमिटी बाराले बिहीवार पिपरपाती बजारमा आयोजना गरेको बृहत पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्या गरी सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा गत स्थानीय निर्वाचनमा पचरौता नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षका प्रत्यासी रौसन अली, वडा सदस्यका प्रत्यासी रामप्रबेश यादव, लोसपाका नेता एवंम वडा नम्बर ७ का अध्यक्षका उम्मेद्ववार सकल मुखिया बिन, वडा सदस्यका प्रत्यासी भोला मिया, लोसपा जिल्ला सदस्य जवाहर साह बनिया, मकबुल मिया र जसपा वडा नम्बर १ का अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यतामा भएको सो पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि पौडेललगायतले फूलमाला र गम्छा ओढाएर नवप्रवेशीहरुको स्वागत गर्नुभएको थियो ।जयनारायण राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्री एवंम एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमार साह, पूर्वमन्त्री तथा केन्द्रिय सदस्य एकबाल मियाँ, एमाले बारा जिल्ला इन्चार्ज रामदयाल मण्डल, नगर प्रमुख जलन्धर सिंह, वडा अध्यक्ष लक्ष्मी यादव लगायतले बोल्नु भएको थियो ।त्यसैगरी बिहीवार नै सिमरामा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका २ दर्जनभन्दा बढी कार्यकर्ताहरु एमालेमा फर्किएका छन ।पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको पार्टीमा सक्रिय नेता कार्यकर्ता एमालेमा फर्किएका हुन ।एमाले फर्किनेमा जीतपुरसिमरा ४ का पूर्व वडासदस्य अमिताब चौधरी, श्याम भट्टलगायत रहेका छन् । उनीहरुलाई एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री पौडेल, एमाले सचिव योगेश भट्टराई, एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साहलगायतले पार्टीमा स्वागत गरेका थिए ।आफ्ना पुराना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै उपाध्यक्ष पौडेलले एमालेको प्रष्ट नीति र सिद्धान्तकै आकर्षण बढ्दो अवस्थामा रहेको बताउनुभयो । पौडेलले एमालेमा आवद्ध भएर राष्ट्र निर्माणको अभियानमा सहभागी हुन समेत आग्रह गर्नुभएको छ ।केही समययता नेकपा एकिकृत समाजवादीमा सक्रिय जीतपुरसिमराका सयौं नेता कार्यकर्ता एमाले फर्किने क्रम बढेको छ ।यसअघि असोज ३ गते नेकपा एसका प्रदेश कमिटी सदस्य एवम् जीतपुरसिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनालसहित जिल्ला सदस्य मोटाई चौधरी, हरी जमरकटेल, मनोज राम, रोशन सुवेदीसहितका नेता कार्यकर्ता बाल्कोट पुगेर एमाले प्रवेश गरेका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।यस्तै भदौ २४ गते नेकपा एसका केन्द्रीय परिषद् सदस्य ईश्वर ढकालसहितका सयौं नेताकार्यकर्ता एमालेमा फर्किएका थिए । उनीहरुलाई सिमरामा आयोजित कार्यक्रमकाबीच एमालेमा स्वागत गरिएको थियो ।केही समयअघि नेकपा एसको बारा जिल्ला अध्यक्ष समेत रहेका सुन्दर विक एमालेमा फर्किएपछि जिल्लामा कार्यकर्ताहरुले नेकपा एस छोड्ने क्रम बढ्दो अवस्थामा छ ।पूर्वप्रदेशसभा सदस्य समेत रहेका विकसहित अर्की पूर्वप्रदेशसभा सदस्य सीता गुरुङलगायतका नेताहरु नेकपा एस छोडेर एमाले फर्किनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here