नरेश गुप्ता, बरियारपुर, ११ साउन– बाराको करैयामाई गाउँपालिका ८ स्थित बेलाहिमा रामजानकी मठका महन्तमाथि भएको दुव्र्यवहार विरुद्ध स्थानीयद्वारा गाउपालिका वडा न ८ को कार्यलयमा स्थानीयले आइतबार प्रदर्शन गरेका छन ।
बीस दिनअगाडि सन्त महन्त हरन महतोले मन्दिरभित्र रहेको आँप नटिप्न गाउँका बच्चाहरुलाई भनेपछि स्थानीय रामधारी नुनिया लगायत चार जनाले महन्त महतोलाई गालीगलौज र दुव्र्यवहार गरेको बिषयलाई लिएर रामजानकी मठका महन्त महतोसहित दुई सय भन्दा बढी स्थानीय दोषीमाथि कार्वाहीको माग गर्दै वडा कार्यलयमा पुगेका थिए ।
करैयामाई गाउँपालिका ८ स्थित वडा कार्यलयमा महन्तले ईटहरबेलाही निवासी वडा सदस्य राम बिश्वास जैसवाल, उमेश जैसवाल, राम दिनेश जैसवाल, बेदयान्द साह सहित चार जना दोषिलाई कार्वाही गर्न असार ३० मा निवेदन दर्ता गराएको स्थानीय विषेन्द्र चौधरीले बताउनुभयो ।
उजुरी दर्ता गराएपछि पनि वडा अध्यक्ष सुरेन्द्र साहले मौखिक रुपले तीन पटक र लिखित रुपमा साउन ४ गते दुबै पक्ष राखी छलफल गराउने भनेपनि अहिलेसम्म दोषिलाई कार्वाही नगरिएको स्थानीयको आरोप छ । रामजानकी मठको सम्पत्ति रेखदेख गर्नु गराउनु भनेर स्थानीय जनप्रतिनिधिले महन्तलाई जिम्मेवारी दिएपछी उनीहरुकै संलग्नतामा महन्तमाथि दुव्र्यवहार हुनु निन्दनीय रहेको स्थानीयको भनाइ छ ।
उता, वडा अध्यक्ष सुरेन्द्र साहले सन्त महन्तामथि भएको दुव्र्यवहार निन्दनीय रहेको र छलफल गरी दोषिलाई कार्वाही गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । कोरोना महामारी व्यवस्थापनमा व्यस्त हुनु परेका कारण छलफल गर्ने समय मिलाउन नसकिएको भन्दै वडा अध्यक्ष साहले दुबै पक्षबाट पाँच÷पाँच जनाको प्रतिनिधि बसेर छलफल गरी समस्याको समाधान खोज्ने बताउनुभयो ।
स्थानीय मठ मन्दिर, सार्वजनिक स्थल पाटी, पौवा संरक्षण र संचालन गर्ने विषय स्थानीय तहको अधिकारभित्र रहेकोले त्यसको संरक्षण गर्नु स्थानीय जनप्रतिनिधिको दायित्व भित्र पर्ने पनि अध्यक्ष साहले बताउनभुयो । उहाले सन्तमहन्तमाथि दुव्र्यवहार गर्नु निन्दनीय भएको पनि बताउनुभयो ।