सर्लाही । सर्लाहीमा चितामा जलाउन लागेकोे शव प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या गरेकी एक विवाहित महिलाको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो ।सर्लाहीको रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणम लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थाबाट मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी पंजियारले जानकारी दिनुभयो । घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि पक्राउ गरेको छ ।मनिषाका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताउनुभयो ।आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । घाटमै प्रहरी पुगेपछि मलामी मध्येका केही भने भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ ।सर्लाहीकै कविलासी गाउँपालिका– ३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो । माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् ।