जनकपुरधाम,नेकपा एमाले मधेस प्रदेशको प्रदेश कमिटीको अधिवेशन अगामी असोज २४ र २५ गते जनकपुरधाममा हुने भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको नारा र लोगो समेत एमालेले बिहीवार सार्वजनिक गरेको छ ।बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोसहितले संयुक्त रुपमा सार्वजनिक गरेको लोगोमा जनकपुरस्थित रामजानकी मन्दिर र वीरगञ्जको शंकाराचार्य द्वार, मस्जिद र बौद्ध गुम्बा त्यसको पृष्टभूमिमा चुरे पहाडबाट उदाउदै गरेको सूर्यसंगै हसिया अंकित छ ।मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तीव्र विकासको आवश्यक्तालाई उजार गर्न एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले बताउनुभयो ।अधिवेशनका लागि विभिन्न समिति र उपसमिति समेत बनाइएको छ । जस अन्तर्गत राजकिशोर यादव संयोजक रहेको अतिति सत्कार समिति, सोमप्रसाद शर्माको संयोजकत्वमा प्रचार समिति, अशोक केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, श्याम शिवाकोटी संयोजक एवं कमल चौधरी सहसंयोजक रहेको स्वयंसेवक परिचालन समिति, शिवशंकर साह (हिरा) को संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, मोहम्मद कैसको संयोजकत्वमा आवास व्यवस्थापन समिति, सुरेन्द्र भण्डारीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको हो ।अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्नुहुनेछ कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा प्रतिनिधिहरु एवं मधेस प्रदेशका आठ वटै जिल्लावाट अगुवा कार्यकर्ताहरु जनकपुरधाम आउने र समारोहमा विभिन्न सास्कृतिक झाँकी, स्थानीय भेषभुसा, बाजागाजा र सास्कृतिक टोलीको प्रस्तुति रहनेछ एमालेले जनाएको छ ।यसैबीच नेकपा एमालेको जिल्ला कार्यालय रहेको स्थानमा पार्टी अध्यक्ष ओलीले मिथिला भवनको शिलान्यास गर्नुहुने कार्यक्रम पनि राखिएको छ ।प्रदेश अधिवेशनको क्रममा एमालेले मधेशका ८ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र २३ वटै जनसंगठनहरुको मधेस प्रदेश स्तरीय अधिवेशन पनि सम्पन्न गरिसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here