निजगढ,बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निजगढ नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूको बिहीवारबाट घरदैलो कार्यक्रम सुरु गरेका छन । एमालेबाट निजगढ नगरपालिकाको मेयर पदका उम्मेदवार सुरथ पुरी, उपमेयर उम्मेदवार राममाया थिङ्ग र वडा अध्यक्षका उम्मेदवार सूर्यबहादुर थापा मगरसहितको टोलीले वडा नम्बर ५ मा मतदाताको घरदैलो गरेका हुन । खोल्माटोलबाट सुरु भएको सो घरदैलो गैरीगाउँ हुँदै पूर्वटोल, शिखरबस्ती, स्कुलटोल, नमुनाटोल, प्रतिक्षालय टोल हुँदै पूर्वटोलमा आएर समापन भएको थियो । कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरु कुन्जरमणी सापकोटा, लिलानाथ गौतम, आशा न्यौपाने, सविता दर्जी, चुनाव प्रचार समितिका संयोजक अम्बिकाप्रसाद चौलागाई लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । घरदैलो कार्यक्रममा स्थानीयको समेत उत्साहजनक सहभागीता रहेको थियो । आज नेकपा एमालेले मेयर उपमेयरसहित वडा नम्बर ६ मा घरदैलो गर्ने कार्यक्रम निर्धारण गरेको नेकपा एमाले चुनाव प्रचार समितिका सचिव तिलक घलानले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा एमालेले बिहीवार निजगढ नगरपालिका वडा नम्बर ७ मा चुनावी भेला आयोजना गरेको छ । सत्तेश्वर महादेव मन्दिर परिशरमा भएको सो भेलाले निजगढ नगर कार्यपालिका सदस्य जानुका अधिकारीको संयोजकत्वमा चुनाव प्रचार समिति गठन गरिएको छ । भेलामा एमाले वडा नम्बर ७ बाट वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार टेकबहादुर लामासहित स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको छ । त्यस्तै नेकपा एमालेले वडा नम्बर ९ मा पनि चुनाव प्रचार समिति गठन गरेको छ । कर्णबहादुर लामाको संयोजकत्वमा चुनाव प्रचार समिति गठन गरिएको एमालेको तर्फबाट वडा नम्बर ९ का अध्यक्ष उम्मेदवार गणेश राजभण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply