निजगढ,वीरगञ्जस्थित वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ ।प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीको कमान्डमा गएको गएको टोलीद्वारा वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ११ स्थित गोदामबाट भन्सार छली चोरी पैठारी गरि भित्र्याएको विभिन्न भारतीय ब्रान्डको २०२ बोरा चामल नियन्त्रणमा लिएको हो ।वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा रहेको रामचन्द्र साह तेलीको गोदामबाट एकसय बोरा, वडा नम्बर ११ स्थित राधा देवीले संचालन गरेको मंगलम एण्ड अराध्य ट्रेड लिंक पसलबाट २९ बोरा र वडा नम्बर ११ स्थित सुनिल साहले संचालन गरेको मनकामना राईस मिलबाट ७३ बोरा चामल भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।साथै प्रहरीले मनकामना राईस मिलका संचालक सुनिल साह र मंगलम एण्ड अराध्य ट्रेड लिंकका संचालक राधा देबी फरार रहेको र खोज तलास जारी रहेको जनाएको छ ।यता अजयकुमार साह देवशरण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त परिमाणको अबैध चामल बरामद गरि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।



















