निजगढ,नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बुद्धिजीवीहरु समाजको ‘थिङ्क ट्याङ्क’ भएको बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद निजगढ नगरको प्रथम नगर अधिवेशनको उद्धाटन कार्यक्रममा शनिवार प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले मानसिक श्रम गर्ने मानिसहरु नै बुद्धिजीवी भएको र अध्ययन तथा अुनसन्धानमार्फत उनीहरुले समाज सुधार र विकासको लागि काम गर्नुपर्ने बताउनुभयो । उहााले बुद्धिजीवीहरुले आफ्नो क्षेत्रको विकासको लागि चिन्तन मनन गर्नुपर्ने बताउनुभयो ।
नेता पौडेलले शैक्षिक प्रमाण पत्र हासिल गर्दैमा मात्र कुनै व्यक्ति बुद्धिजीवी हुन नसक्ने पनि बताउनुभयो । उहाँले औपचारिक शिक्षा नलिका तर जीवन र जगतलाई बुझेका तथा आफूसंगै समाजलाई पनि परिवर्तन गर्ने काममा लागेका मानिसहरु नै बुद्धिजीवी हुन भन्नुभयो ।
अधिवेशनले मणिश्वर घिमिरेकोे अध्यक्षतामा ५२ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बालकुमारी सिंजाली, सचिव रमेश तिमल्सिना, कोषाध्यक्षमा राजकुमार सापकोटा, सहसचिवमा सतिसकुमार कर्ण र संगिता खतिवडा न्यौपाने तथा सदस्यहरुमा युवराज घिमिरे, सविता पौडेल, शम्भुबहादुर भण्डारी, प्रेमप्रसाद बन्जारा, बच्चुराम लामिछाने, टेकेन्द्रप्रसाद घिमिरे, रितबहादुर तामाङ्ग, शिवराज शर्मा, अशोककुमार खुलाल, खिलबहादुर दर्लामी, हरी चौलागाई, चन्दन चौधारी, भोलाप्रसाद चौलागाई, भगवती खतिडा, विमला भसलान, श्रीहरि न्यौपाने रहनुभएको छ ।
त्यस्तैगरी अर्जुन पाण्डे, रमेश लामा, मनोज रेग्मी, लिला लामा, नविन खुलाल, जीवन गौतम, शर्मिला बुढाथोकी, गोविन्दप्रसाद खरेल, हरिवंश खतिवडा, सन्त ज्ञानी, उमेश स्वर्णकार, थानेश्वर सापकोटा, रामचन्द्र मंडाल, कुश बहादुर थापा, जगतबहादुर न्यौपाने, कृष्ण पण्डित, संगिता बम्जन, नवराज दाहाल, अमर स्याङ्गतान, साधुराम खरेल, भोलाप्रसाद घिमिरे, अमिर सिंङ्गतान, लोकनाथ अधिकारी, रामचन्द्र गुरो, पासनाथ कुवर, यसकुमार स्याङ्गतान, जमान सिंह घलान पनि समितिमा रहनुभएको छ ।
बुद्धिजीवी परिषद बाराका अध्यक्ष यादवकुमार तिमल्सिनाको अध्यक्षतमा भएको सो कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साह, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेकपा एमाले प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, सुदर्शन कोइराला, बुद्धिजीवी परिषद केन्द्रीय सदस्य आसमहमद अन्सारी, देवी सापकोटा, डुमरवाना कलेजका प्रमुख राधेश्याम शिवाकोटीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन मणिश्वर घिमिरेले गर्नुभएको थियो ।