प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अहिले पनि बैदेशिक भ्रमणका क्रममा उत्तरी छिमेकी देश चीनमा रहनुभएको छ ।चीनका विभिन्न कार्यक्रममा उहाँको टोलीको सहभागिता छ । गएको हप्ता अमेरिका पुग्नु भएका दाहाल उतैबाट सिधै चीन जानुभएको हो । अमेरिकाको भ्रमणबाट प्रधानमन्त्री दाहाल देश र जनताका लागि के दिन सफल हुनु भयो त्यसको समीक्षा हुन नपाउँदै चीनमा गएको देखिन्छ । यद्यपि प्रचण्डको बिदेश भ्रमण अझै जारी नै रहेकाले उहाँ स्वेदश आएपछि भने थप विश्लेषण गर्दा उचित होला ।तर, अमेरिकामा जाँदा उहाँले गरेका गतिविधिहरुको भने समीक्षा गर्दा फरक नपर्ला । धेरैले भनेको जस्तो उहाँले राष्ट्रसंघलाई पनि झुक्काएको देखिन्छ । नेपालमा शान्तिपछिको अवस्थामा धेरै विषयमा परिवर्तन आएपनि प्रचण्डकै नेतृत्वमा भएको सशस्त्र संघर्षको भने उचित तरिकाले संवोधन भएको छैन । सशस्त्र संघर्षको क्रममा नेपालीहरुको मनमा लागेको घाऊ अझै मेटाइएको छैन । सशस्त्र संघर्षका क्रममा बेपत्ता पारिएका नागरिकहरुको अवस्था पनि सार्वजनिक भएको छैन ।पीडित परिवारलाई उचित भरणपोषणको व्यवस्था भएको छैन । प्रचण्डले सशस्त्र संघर्ष र त्यसले सृजना गरेका समस्याहरुको समाधान गर्ने विषयमा राष्ट्रसंघमा पनि कुरा उठाएको पाइदैन ।यस अर्थमा प्रधानमन्त्री दहालको भ्रमणमा अमेरिकी राष्ट्रपतिसंग फोटो खिचाउनुभन्दा अरु केही उपलब्धी भएको जस्तो देखिदैन । अमेरिका र चीनमा गएर फोटो. खिच्दैमा उपलब्धी भएको मान्न सकिदैन । बरु त्यहाँ देश र जनताको हितमा के के काम भएका छन प्रधानमन्त्री दहालले स्वेदश फर्किएपछि देशवासीलाई जानकारी गराउनु पर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here