सिमरा,बाराको अमलेखगंजबाट प्रहरीले चोरी पैठारी गरी ल्याइएको बिल बिनाको करिब डेढ लाख मूल्य बराबरको कपडा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.३ मंगलपुर बस्ने ३४ वर्षिय सुरेन्द्रबहादुर विश्वकर्मा रहेका छन् । प्रहरी वरिष्ठ नायब निरीक्षक श्यामबाबु यादवको कमाण्डमा गएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजस्थित व्यारेक डाँडास्थित डेराबाट ६ बोरा बच्चाहरुको रेडिमेड कपडा सहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply