आरके राजन
सिम्रौनगढ,बाराको पचरौता नगरपालिकाको सीमावर्ती भारतीय बजार महुआवामा एसएसबीले अवैध प्याज र केही मालसामानसहित पाँच जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।भारतबाट नेपालमा प्याजसहित माल वस्तु तस्करी हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा एसएसबीको ७१ वा वटालियन महुआवाले छापा मारी गरेर नेपाली नागरिक सहित प्याज र माल सामान नियन्त्रणमा लिएको हो ।
एसएसबीले नेपाली र भारतीय नम्बर प्लेटको ११ वटा मोटरसाइकल, ३० क्विन्टल प्याज, ८ बोरा रसायनिक मल तथा पाँच जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।नियनत्रणमा लिएका मानिस र मोटरसाइकलको विवरण भने खुलाइएको छैन ।भारत सरकारले हाल प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धसँगै भारतको रक्सौल, आदापुर, छौडादानो र घोडासहन नाका हुँदै नेपालमा प्याजको तस्कर बढेको बताइएको छ ।



















