दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय बुधगाईमा हेल्पिड.हैण्ड युथ सोसाईटी कलैया बाराको आयोजना र बारागढी गाउँपालिका खोपवाको मुख्य सहयोगमा एसईई दिने विद्यार्थीहरुको लागि उत्पेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई संस्थाका प्रदिपकुमार साहले शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक विद्यालयहरुमा शिक्षाको विकासका लागि जनचेतनामुलक प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बारागढी गाउँपालिकाकाका अध्यक्ष अशोककुमार जयसवालले पानसमा बत्ती बालेर सो कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । सो कार्यक्रममा बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार मिश्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, वडा नम्बर १ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, कार्यपालिका सदस्य धनमंन्ती मल्लाहिन, वडा सदस्य भगवान चौधरीको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा श्रीजनता माध्यमिक विद्यालय बुधगाईका प्रधानाध्यापक बिश्वनाथ चौधरी, श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालय गडहलका प्रधानाध्यापक बालेश्वर यादव, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापिका सिमा चौधरी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिशुनपुर्वाको सहायक प्रधानध्यापक मटुकधारी चौधरी र गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन कुमकुम गुप्ताले गर्नुभएको थियो ।

Leave a Reply