काठमाण्डौ – माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि नेपालका लागि निजगढका समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १÷१ गोल गरेका थिए । तामाङ निजगढ नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन ।नेपाल २ खेलमा ३ अङ्कसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।