बसन्त लामा

सिगौंल,निजगढ नगरपालिकाको सिगौंलमा नेपाली कांग्रेश र नेकपा माओवादी पार्टी परित्याग गरी ५७ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले निजगढ नगर वडा नम्बर १ कमिटीले दिपावली, छठ तथा ल्होसार पर्वको अवसरमा आइतबार सिगौलको बनस्थली हाटबजारमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा कार्यकर्ता भेलामा वडा नम्बर १ र ३ का काँग्रेश र माओवादीबाट सुनिल योन्जन, सताउन (बंगाली) कछडिया, बाबुलाल योन्जन, दिलिप गुरो, सुशिल गुरो लगायत ५७ जना कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अच्युत मैनालीले नव प्रवेशीहरुलाई अबीर र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

नेकपा एमाले वडा नम्बर १ कमिटीका अध्यक्ष मिमबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले बारा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नारायणप्रसाद गौतम, लिलादेबी लामिछाने, पार्टी जिल्ला सल्लाहाकार कमिटी सदस्य अम्बिका चौलागाई, निजगढ खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सुदर्दशन कोइराला र एमाले निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन एमाले निजगढ नगर कमिटी सचिब बिदुर श्रेष्ठले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here