निजगढ,घरायसी प्रयोजनको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने माग गर्दै निजगढ वडा नम्बर ९ का ट्याक्टर व्यवसायी र मजदुरहरुले सोमवार निजगढ नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।आदर्श ट्याक्टर व्यवसायी समूहका अध्यक्ष चेतनाथ न्यौपानेको नेतृत्वमा कार्यालयमा पुगेको टोलीले निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलालाई ज्ञापन पत्र बुझाएको हो ।खोला नखुल्दा सयौं ट्याक्टर व्यवसायी र मजदुरहरुको रोजगारी गुमेको र घर खर्च चलाउनसमेत गाहे भएकाले नदीजन्य पदार्थ संकलन र बिक्रीको ठेक्का तत्काल बन्दोबस्त गर्न ज्ञापनपत्रमा माग गरिएको छ । अध्यक्ष न्यौपानले आफ्नो समुहमा रहेका ३ सय ट्याक्टरमा करिव १ हजार ५ सय मजदुर अवद्ध रहेको जानकारी दिनुभयो ।असोज महिना लागिसक्दा नगरपालिकाले नदीजन्य पदार्थको संकलन र बिक्रीको ठेक्का नलगाएपछि नदीजन्य पदार्थको कारोबार गर्ने निजगढका ट्याक्टर व्यवसायी र मजदुरले कार्यालयमा दवाव बढाउन थालेका छन ।सिंगौलका ट्याक्टर व्यवसायीहरुले पनि धन्सार खोलाबाट निर्वाध रुपमा बालुवा संकलन गर्न पाउनुपर्ने माग राखेर आइतवार निजगढ नगरपालिका कार्यालय घेराउ गरेका थिए ।सिंगौलबाट एक दर्जनको संख्यामा खाली ट्याक्टर लिएर आएका व्यवसायीहरुले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा प्रहरी चौकी सिंगौलका प्रहरीले रकम मागेर आफूहरुलाई दुःख दिने गरेको गुनासो गरेका थिए ।ठेक्का नलागेका कारण व्यवसायीहरुले खोलाबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गरेर बिक्री गर्न पाएका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here