आरके राजन

सिम्रौनगढ,बारा जिल्लाको नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक जना पुरुष शव भेटिएको भएको छ ।सोमवार बिहान जिल्लाको पचरौता नगरपालिका– १ को नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको चोटपटक देखिएको छ ।मृतक सिंह पूर्वप्रहरी समेत हुन् । उनी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरीमा पाँच वर्ष जवानका रूपमा कार्यरत थिए । केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको एसपी काफ्लेले जानकारी दिनुभयो ।स्थानीयहरूका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपातीस्थित नाकामा मदिरा पसल सञ्चालन गरेका थिए । तर केही समयअघिदेखि उनले रक्सी पसल पनि बन्द गरेका थिए । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए ।प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ । ‘तिन जनाले मिलेर उनको हत्या गरेको बुझिएको छ । दुई जनालाई नियन्त्रणमा लिइसकेका छौँ । तेस्रो व्यक्तिको खोजी कार्य जारी छ ।’ एसपी काफ्लेले भन्नुभयो, ‘के कारणले हत्या गरेको हो भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन ।’ पक्राउ पर्नेमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतो रहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले पनि दशगजाको नेपालतर्फ मदिरा पसल सञ्चालन गर्दै आएको र उनको केही दिनपहिला सिंहसँग विवादसमेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here