रौतहट, २० भदौ ।
सामान्य ज्वरो आएका बिरामीको उपचारमा लापरवाही गर्दा मृत्यु भएको भन्दै रौतहटको चन्द्रनिगाहपुर अस्पताल प्रा.ली.मा प्रदर्शन भएको छ । चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर ७ निवासी रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीको उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

सामान्य ज्वरो आएपछि अस्पाल लगिएकोमा आधा घण्टामै बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा ढु·ामुढा प्रहार गर्नुका साथै अस्पताल र चिकित्सकको विरुद्धमा नाराबाजी गरेका थिए ।

ढु·ा प्रहारबाट अस्पतालको सिसा समेत फुटेको छ । डाक्टर सुवास चौधरीले भने अस्पताल र चिकित्सकको लापरवाही नभएर इन्फेक्सनका कारण मृत्यु भएको बताए । वडा नम्बर ७ का वडाअध्यक्ष विष्णुप्रसाद उप्रेतीले अस्पतालकै लापरवाहीका कारण मृत्यु भएको दावी गरे । शबलाई पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Leave a Reply