निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले बेवारिसे अवस्थामा फेला पारेको मोटरसाइकल बरामद गरी धनीको जिम्मा लगाएको छ ।

आइतवार राति निजगढ नगरपालिका वडा नम्बर ८ तामागढी चोकस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड नजिकै कोल्हवी नगरपालिका जाने सडक छेउमा फेला परेको बागमती प्रदेश ०३–००२ प ३९१४ नम्बरको २२० सिसिको कालो निलो रङको पल्सर मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी धनी मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने बस्ने वर्ष २६ का सुनिल नेपालीलाई बुझाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।

कार्यालयबाट खटेको मोवाइल गस्ती टोलीले आइतवार राति ११.३० बजे बेवारिसे अवस्थामा सो मोटरसाइकल फेला पारेको थियो ।

यसैबीच मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले बागमती गाउँपालिका वडा नम्वर ७ को लामिटारबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही बागमती नगरपालिका वडा नम्बर– १ बस्ने सुकुम्बासी टोलका २५ वर्षीय राजु मोक्तान र बाराको निजगढ नगरपालिका वडा नम्बर– ११ रतनपुर बस्ने ३३ वर्षीय लालकाजी घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १६ को सिपाली चोकबाट बागमती प्रदेश ००२ प ८४२३ मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उक्त स्थानमा फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here