सिमरा,पर्यटन दिवसको अवसर पारेर सिमरा विमानस्थलमा हवाइ यात्रुलाई सम्मान गरिनेभएको छ । असोज १० गते पर्यटन दिवसका अवसरमा सिमरा विमानस्थलमा बिहानीको पहिलो उडानबाट आउने सबै यात्रुलाई सम्मान गरिने भएको हो ।विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेञ्ट (एनएटिटिए) ले यात्रु सम्मान कार्यक्रमको आयोजना गरेको हो । एनएटिटिएका मधेस प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार हरेक वर्ष पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरिँदै आएको र यो वर्ष पनि पर्यटन प्रवर्धनको निम्ति जीतपुरसिमरासहित मधेसका विभिन्न पालिकाहरुमा विशेष अभियान संचालन गरिने छ । यसपटकक सिमरा विमानस्थलबाट बिहानीको पहिलो उडानबाट आउने सबै यात्रुलाई सम्मान गरिने शर्माको भनाई छ ।यसैगरी दिवसकै अवसर पारेर सिमराका होटलहरुमा विशेष छुटका साथ ग्राहकहरुको बसोबासको पनि व्यवस्था गर्ने तयारी पनि गरिएको छ । आन्तरिक पर्यटक प्रवद्र्धनको उदेश्यले अन्य पर्यटकीय क्षेत्रहरुको भ्रमण र जंगल सफारी कार्यक्रमको समेत आयोजना गरिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here